नियम ३ख
उपाध्यक्ष हुनुको लागि चाहिने योग्यता
(१) देहायको योग्यता र अनुभव भएको व्यक्ति परिषद्को उपाध्यक्ष हुन योग्य हुनेछः–
(क) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(ख) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको,
(ग) चालीस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर ननाघेको ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्बाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत व्यक्ति उपाध्यक्षको पदमा मनोनयन हुन सक्ने छैन ।